Dhan bahadur Thanet:
![]() |
| शहिद धनवहादुर थनेत |
शहिद धनवहादुर थनेत
मध्य तराईको सुन्दर जिल्ला, जहाँको भू–भाग पहाड र समथर मैदानको संयोजनले बनेको छ । पर्यटकीय र वातावरणीय दृष्टिकोणले समेत अत्यन्त उपयुक्त र रमणीय रहेको त्यो जिल्ला हो नवलपरासी ।
मध्य तराईको सुन्दर जिल्ला, जहाँको भू–भाग पहाड र समथर मैदानको संयोजनले बनेको छ । पर्यटकीय र वातावरणीय दृष्टिकोणले समेत अत्यन्त उपयुक्त र रमणीय रहेको त्यो जिल्ला हो नवलपरासी ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको नवलपरासी पछिल्लो समयमा शहिद धनबहादुर थनेतथारुको गृहजिल्ला भनेर पनि चर्चा पाएको छ । बि. स. २०६९ सालको पहिचान र अधिकारको थरुहट आन्दोलनका क्रममा यो जिल्लाले एक सन्तान गुमाउनु पुग्यो। यहाँ त्यहि वीर सन्तानको जीवनी र सपनाबारे संक्षिप्त चर्चा गर्न खोजिएको छ ।
वि. स. २०२१ साल भदौ ५ गते नवलपरासीको कुमारवर्ती–७ गोछडामा बुवा बिकाराम थनेतथारु र आमा श्रीमति थनेतथारुको सन्तान भएर उहाँ जन्मनु भएको थियो । उहाँको परिवारमा तीन दिदी बहिनी र एक जना भाइ समेत रहेका थिए । सामान्य कृषकका सन्तान धनबहादुर थनेतथारु सानैदेखि मिलनसार र मिहिनेती रहनु भएको थियो । फूलकुमारी थनेतथारुसंग बैबाहिक बन्धनमा बाँधिनु भएको उहाँहरुलाई टोप बहादुर थनेतथारु र सविना थनेतथारु सन्तान प्राप्त भएको छ । हाल उहाँका छोरी सविनाको बिबाह भइसकेको छ । भाइ–भाइमा अंश बण्डा भइसकेपछि आफू सहित चार जनाको जिविका चलाउने जिम्मेवारी बोकेका धनबहादुर ससुरालीबाट प्राप्त भएको जग्गामा घर बनाएर बस्नुभयो । सुरुमा खेतीपातिको काम गरेपनि पछि गएर उहाँ चितवन राष्ट्रिय निकुञ्जमा रहेको टेम्पल टाइगर लजमा दुई बर्षसम्म माहुतेको काम गर्नुभएको थियो । माहुतेको काम गर्दा नेपालका महानायक राजेश हमालसंग उहाँको सम्बन्ध निकै घनिष्ठ हुन पुग्यो । टेम्पल टाइगरमा काम छोडेर उहाँले ६ बर्षसम्म टाइगर आइल्याण्ड रिसोर्टमा ६ बर्षसम्म कुकको काम गर्नुभयो । त्यसकामले समेत गुजारा गर्ने आधारका लागि मार्ग प्रशस्त नभएपछि हाल आएर उहाँले काठ मिस्ट्रीको काम अगाल्नुभएको थियो । सानैदेखि टाइगर युवा क्लबसंग आबद्ध भएर आफ्नो गाउँठाउँको सुधारमा समेत लागेका उहाँ साना–ठूला सबैसंग अति मिलनसार रहेको र सबैलाई सामान व्यवहार गर्ने गरेको स्थानीयहरु बताउँछन् । कुनैपनि संस्था चलाउनका लागि त्यसको जग र घर बलियो हुनुपर्छ भन्ने मान्यता बोध भएको धनबहादुर थनेतथारु हाल आएर टाइगर युवा क्लबको घर निर्माण गर्ने कार्यमा संलग्न रहनु भएको थियो । उहाँले शाहदत्त प्राप्त गरेपछि सो क्लब घरको आधा निर्माण कार्य अधुरामै रोकिएको छ । यसैगरी उहाँको स्वर्गारोहणपछि घरमा रहेकी श्रीमति र एक छोरा सहारा बिहीन भएका छन् ।
एउटा सामान्य र सरल जीवन निर्वाह गरि रहनुभएको अवस्थामा बि. स. २०६९ सालमा आदिवासी जनजाति तथा थारु समुदायले अधिकार र पहिचानका लागि गरिएको अधिकारमुखी आन्दोलनमा आफ्नो समुदायको अधिकार प्राप्तीका लागि धनबहादुर थनेतथारु आन्दोलनकारीको भूमिका निर्वाह गर्नुभयो ।
पिछडीएका जनजाति, मधेसी, मुसलमान, दलित लगायत सिमान्तकृत समुदायको हक अधिकार प्राप्तीका लागि आन्दोलनमा होमिनु भएका धनबहादुर थनेतथारुलाई वैशाख २७ गते बिहान ११ बजे प्रहरीले चलाएको गोली लाग्यो । कावासोतीको कालीगण्डकी सामुदायिक अस्पताल अगाडी रहेको नवलपुर पेट्रोल पम्प नजिक उहाँले प्रहरीको तातो गोली खानु प¥यो । आन्दोलनकारी माथि नजिकैबाट प्रहरीले ताकी–ताकी अन्धाधुन्ध गोली बर्साउँदा उहाँसंगै अन्य त्यहि स्थानमै गम्भिर घाइते भएका थिए ।
गोली लागेको लगत्तै उहाँको प्रारम्भिक उपचार कालीगण्डकी सामुदायिक हस्पीटलमा भएपछि थप उपचारका लागि त्यहि दिनै चितवन मेडिकल कलेज भरतपुरमा लगिएको थियो । दुईदिनसम्म त्यहाँ उपचार भएपछि सरकारकै खर्चमा हेलिकप्टर मार्फत उपचारका लागि काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पु¥याइयो । करिब एक महिनासम्म उपचार कक्षमा जीवनमरणको दोसाँधमा प्राण रोक्नुभएका धनबहादुर थनेतथारुले जेठ २५ गते राती ११ बजे यो संसारबाट सदाका लागि बिदा लिनुभएको थियो ।
सरकारी स्तरबाटै आन्दोलनकारी थनेतको हत्याभएपछि उहाँको परिवारलाई क्षतिपूर्ती सहितको राहत दिइनु पर्ने र उहाँलाई शहिद घोषणा गरिनु पर्ने माग राख्दै सिङ्गो आदिवासी जनजाति आन्दोलित भए । सरकारलाई दबाव स्वरुप तराईका सम्पूर्ण जिल्ला दुई दिनका लागि बन्दको आह्वान गरियो । आदिवासीहरुको आन्दोलनलाई समयमै साम्य पार्नका लागि जेठ २६ गते बसेको मन्त्री परिषदको बैठकले धनबहादुर थनेतथारुलाई शहिद घोषणा गर्दै उहाँको परिवारलाई १० लाख रुपिया क्षतीपूर्ती स्वरुप उपलब्ध गराउने निर्णय ग¥यो । सरकारको निर्णय लगत्तै आन्दोलनका कार्यक्रमहरु पनि स्थगित भए ।
शहिदको सम्मानमा नेपाल आदिवासी जनजाति महासंघको झण्डा एक दिनको लागि आधा झुकाइएको थियो । जेठ २६ गते नै उहाँको पार्थिब शरिरलाई गृहजिल्ला नवलपरासी ल्याइने काम भयो । त्यो दिन धादिङ्ग, चितवन लगायतका जिल्लामा आदिवासी जनजातिहरुले शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि पार्थिब शरिर सम्बन्धित जिल्लाहरुमा माग गरे । ठाउँ–ठाउँमा शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि मान्छे तयार भएपछि काठमाण्डौ देखि नवलपरासीसम्म एम्बुलेन्समा राखेर शव ल्याइयो । मान्छेले चोक–चोकमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी नारायणघाटदेखि गृहजिल्लाको डण्डासम्म शवयात्रा भएको थियो । सो क्रममा लाखौं मानिसको उपस्थिति रहेको थियो । बाहुन–क्षेत्रीहरुले जलाएको थारु संग्रहालय डण्डामा श्रद्धाञ्जली सभा गरी शहिदप्रति श्रद्धासुमन अर्पण गरियो । सोही दिन नै अमलटारी घाटमा उहाँको अन्त्येष्टि गरिएको थियो ।
पहिचान र अधिकारको लागि एक वीर सपूत आज हामी माँझबाट भौतिक रुपले टाढा गइसक्नु भएको छ । यद्यपि, उहाँ हामी सम्पूर्ण सङ्घीयतावादी नेपालीहरुको हृदयमा सधैंका लागि जिवित रहनु हुनेछ । उहाँले जुन उद्देश्य बोकेर आन्दोलनमा होमिनु भएको थियो, शहिदको त्यो र हामी सबैको साझा उद्देश्य पूरा गर्ने जिम्मेवारी आज हामी सम्पूर्ण नेपालीहरुको काँधमा आइपरेको छ । हामीले उहाँको बलिदानीलाई कदापी खेर जान दिने छैनौ । शहिदले देखाएको मार्गलाई पछयाउनु पर्ने आजको आवश्यकता हो । हामीले हामो र शहिदको साझा उद्देश्य पूरा गर्नका लागि आज सम्पूर्ण आदिवासी जनजाति थारु, मधेसी, मुस्लिम, दलित तथा पिछडिएका जातजाति एक भएर अगाडी बढ्नुको विकल्प छैन । शहिदले देखेका सपना पूरा गराउन सकेमात्र हामं्रा लागि ज्यान थप्नु भएका शहिद प्रति हामीले सच्चा श्रद्धाञ्जली अर्पण गर्न सकेको हुनेछौं । वीर शहिद सदैव अमर रहुन ।
Writter: Sanu Mahato, Nawalpra

No comments:
Post a Comment